Fast Nepal News

हामीले कुनै देशसँगका सम्झौताको आधारमा गठबन्धन बनाएका होइनौं : अध्यक्ष दाहाल

banner single news

काठमाडौँ —  ०१ फागुन २०७८

काठमाडौँ , सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढलाउने खेल भइरहेको बताएका छन् । उनले सत्तारुढ गठबन्धन कुनै सम्झौताको आधारमा नबनेको बताएका छन् । माओवादीले पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा दाहालले भने, ‘हामीले कुनै देशविशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन ।’ दाहालले ‘प्रतिगमन’ गर्नेहरू चुप नबसेको भन्दै ‘प्रतिगमन विरोधी आन्दोलबनाट आएको गठबन्धन सरकार गिराउन खोजिएको’ बताए । उनले गठबन्धन बनाउँदाका आधारमा सबै टिक्नुपर्ने उल्लेख गरे ।

‘गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरूलाई अगाडि सारेका थियौं । तिनै मान्यताका आधारमा गठबन्धन बनाएका हौं,’ उनले भने, ‘संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षामा एकमत भएर त्यसैलाई लिपीबद्ध गरेर गठबन्धन बनेको हो र यो सरकार गठन भएको हो । यो गठबन्धन सुदृढ हुँदै जाने या कमजोर हुने भन्ने कुरा गठबन्धन सुरु गर्दा जुन सैद्धान्तिक र राजनीतिक मान्यतामा खडा थियौं, त्यसमा खडा भएर यो गठबन्धन अगाडि बढाउनुपर्छ । संविधान लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा गर्नुपर्छ ।’ एमसीसी सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच एकमत नभएको बेला दाहालको यो अभिव्यक्ति आएको हो । उनले आफ्नो सम्बोधनका क्रममा एमसीसीको नाम भने उल्लेख गरेनन् । तर‚ गठबन्धन टुट्न नहुनेमा भने उनको जोड थियो ।

Inside Article Ads

‘आज कसैले कुनै परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यसको ऐतिहासिक धरातल भत्काउनेजस्तै हुन जान्छ । हामीले यो गठबन्धन जुन मूल्य र मान्यतामा टेकेर बनाएका हौं त्यसैमा दृढ रहौं,’ उनको आग्रह थियो । दाहालले सरकार ढलाउन र चुनाव बिथोल्न विभिन्न प्रपञ्च भइरहेको पनि बताए । ‘यो सरकार गिराउन, चुनावलाई बिथोल्नका निम्ति अनेक खालका प्रपञ्च भइराखेका छन्,’ उनले भने ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.