Fast Nepal News

फेला पर्‍यो बालकुमारी मन्दिरबाट हराएको मूर्ति

banner single news

ललितपुर —  २८  माघ २०७८

ललितपुर , सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट गत माघ ८ गतेदेखि हराइरहेको मूर्ति फेला परेको छ । शुक्रबार बिहान ६ बजेतिर ललितपुर महानगरपालिका– १५ स्थित करुणा मन्दिरको छेवैमा उक्त मूर्ति फेला परेको हो । मूर्ति फेला परेको कुरा स्थानीयले प्ररहरीलाई खबर गरेका थिए ।

अहिले मूर्ति जावलाखेलस्थित महानगरीय प्रहरी कार्यालयमा राखिएको छ । त्यहाँका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले व्यापाक खोजी भएको मूर्ति र पक्रिन सकिने त्रासले चोरी गरेकोले मूर्ति छाडेको हुनुपर्ने बताए । उक्त मूर्ति बालकुमारी मन्दिरको पुरानै स्थानमा प्रतिस्थापनका लागि प्रहरीले १० बजे हस्तान्तरण गर्दैछ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.