
काठमाडौँ — २८ माघ २०७८
काठमाडौँ , अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताका विषयमा सत्ता गठबन्धनमा रहेका दलबीच धारणा बनेपछि मात्रै एमालले निर्णय गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । एमसीसीबारे निर्णय लिन बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहालले ओलीलाई टेलिफोन गर्दा ओलीले उक्त कुरा गरेको एमाले एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।
एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले जसले सोधे पनि एमालेको धारणा स्पष्ट रहेको उनले बताएका छन् । शुक्रबार रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ– ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ ।
( कान्तिपुर दैनिक )
