Fast Nepal News

जोगबनी नाकामा आयात निर्यात सहज बनाउन भारतलाई आग्रह

banner single news

विराटनगर — २७ माघ २०७८

विराटनगर , भारतको बथनाहा–जोगबनी खण्डमा रहेको क्षतिग्रस्त पुलको विकल्पमा निर्माणाधीन नयाँ पुललाई अस्थायी रुपमा सञ्चालन गरी आयात निर्यात सहज बनाउन भारतलाई आग्रह गरिएको छ । मोरङ व्यापार संघले भारतका विभिन्न निकायमा पत्राचार गर्दै यस्तो आग्रह गरेको हो । लामो समयदेखि आयात निर्यात प्रभावित हुँदा सुनसरी मोरङ औद्योगिक क्षेत्र समस्यामा परेको छ । कच्चा पदार्थ र अन्य सामानहरु ल्याउन असहज भइरहेको संघले जनाएको छ ।

भारतको क्षतिग्रस्त मिरगञ्ज पुलनजिक निर्माण भइरहेको अर्काे नयाँ पुललाई तत्कालका लाग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सकेमा आयात निर्यात केही सहज हुने संघको भनाइ छ । संघले भारतका प्रधानमन्त्री, सडक, पारबाहन तथा राजमार्ग मन्त्री, बिहार सरकारका मुख्यमन्त्री, सडक निर्माण मन्त्री, कला तथा संस्कृति मन्त्री, सडक निर्माण विभागका सचिवलगायतलाई पत्राचार गर्दै उक्त आग्रह गरेको हो ।

Inside Article Ads

संघका अध्यक्ष नवीन रिजालका अनुसार भारत, अररियाका डिस्ट्रिक्ट मजिस्ट्रेट (डिएम) सँग कुराकानी गरी तीन–चार दिनभित्र उक्त पुल सञ्चालनमा ल्याउने पहल गर्न आग्रह गरिएको छ । त्यसअनुसार अस्थायी सञ्चालनका लागि तयारी भइरहेको उनले जानकारी दिए । भारतका सरोकारवाला निकायबीच समन्वय भए ५–७ घण्टाको अवधिमा पुल सञ्चालनमा आउन सक्ने अवस्था देखिएको स्थलगत अध्ययनमा गएका संघका पदाधिकारीले बताएका छन् ।          

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.