Fast Nepal News

अवैतनिक दूतलाई फेरि सुविधा दिएकामा असन्तुष्टि

banner single news

काठमाडौँ — २५ माघ २०७८

काठमाडौँ , अवैतनिक वाणिज्य दूतहरूलाई नीलो नम्बर प्लेट र झन्डालगायत सुविधा दिने सम्बन्धमा सरकारले गरेको निर्णयलाई लिएर सांसदहरूले चासो व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा सभापति पवित्रा निरौला खरेलसहित सम्पूर्ण सदस्यले सरकारले दिएको सुविधाबारे प्रश्न उठाएका हुन् । अघिल्लो सरकारले उक्त सुविधा रोकेकोमा अहिलेका परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रीस्तरीय निर्णय गरी फुकुवा गरेका हुन् । उक्त सुविधाबारेमा मन्त्री खड्कालाई सोध्दा त्यसबारेमा मापदण्ड बनाइरहेको जवाफ दिएको खरेलले बताइन् । ‘मन्त्रीजीले मसँगको कुराकानीमा यस विषयमा मापदण्ड बनिरहेको छ, मापदण्ड बनाएर समितिमा सुझावका लागि पठाउँछु भन्नुभएको छ,’ खरेलले बैठकमा भनिन् ।

नेपालमा अहिले ५३ मुलुकका अवैतनिक वाणिज्य दूत छन् । सबै अवैतनिक वाणिज्य दूत व्यापारिक घरानाका छन् । कुनै व्यापारिक घरानाका पाँच जना सदस्यसम्म अवैतनिक वाणिज्य दूत छन् । एक वर्षअघि कोभिड–१९ का दौरान एक मुलुकका अवैतनिक वाणिज्य दूतले नीलो नम्बर प्लेट र झन्डा हालेर थर्मल गनको कालोबजारी गरेका थिए । त्यसपछि तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त सुविधा निलम्बन गरेका थिए । सभापति खरेलले अब परराष्ट्रमन्त्री खड्कालाई बोलाएर यस विषयमा सोध्ने र मापदण्ड हेर्ने उल्लेख गर्दै चित्त नबुझे समितिले उक्त सुविधा रोक्नका लागि फेरि निर्देशन दिने बताइन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.