
संखुवासभा — २४ माघ २०७८
संखुवासभा , खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा सोमबार लोबेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगन्जतर्फ जाँदै गरेको लोबेट दुर्घटना हुँदा गोरखा नगरपालिका ४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक मानबहादुर खत्रीले बताए ।
प्र २–०–३००१ ख ४३० नम्बरको लोबेट खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लोबेट सडकबाट ६० मिटर तल सभाखोला किनारमा खसेको थियो । मकालु गाउँपालिका ५ को नुममा सिमेन्ट पुर्याएर फर्कंदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भई लोबेट दुर्घटनामा परेको हो ।
( कान्तिपुर दैनिक )
