
सुर्खेत — २४ माघ २०७८
सुर्खेत , कर्णालीमा जीवनबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्लाई आइतबार पूर्णता एक जना पनि महिला परेका छैनन् । कर्णालीमा १३ जना महिला सांसद हुँदा पनि मन्त्रिपरिषद् महिलाविहीन भएको हो । संविधानको धारा १६८ (९) मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्ने उल्लेख छ । प्रदेश सरकार अस्तित्वमा आएको करिब चार वर्षमा कर्णालीमा माओवादीबाहेकका दलले महिलालाई मन्त्री बनाएका छैनन् । अघिका दुई मन्त्रिपरिषद्मा माओवादीका तर्फबाट दुई जना महिलालाई मन्त्री बनाइएको थियो ।
( कान्तिपुर दैनिक )
