Fast Nepal News

सिटिजन लाइफ इन्स्योरेन्सको ‘आईओएस’ एप अब थप सुविधासहित

banner single news

काठमाडौँ — २४ माघ २०७८

काठमाडौँ , ग्राहकलाई सरल तथा सुलभ सेवा पुर्‍याउन नवीनतम योजनाहरु ल्याउन अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै लगेको छ । डिजिटल सिटिजन अभियान अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सले आईओएस एप थप सुविधासहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गराएको छ । ग्राहक र अभिकर्तालाई डिजिटल सेवा उपलब्ध गराउन यस एपले थप सहयोग गर्ने कम्पनीको दावी छ । सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पूर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिको जानकारी पाइन्छ ।

यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी जोकोहीले विवरण भरेर चाहेको बीमा योजनाको बीमाशुल्क आफ्नो अवश्यक्ता अनुसारको बीमाङ्क रकम र बीमाको समय अवधि अनुसार आफै निकाल्न सकिनेछ । सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न इच्छुकले पनि यस एपबाट आवेदन दिन सक्नेछन् । साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि यस एपमा ईसेवा, फोनपे, कनेक्ट आईपीएस लगायतमाध्यममार्फत अनलाइन भुक्तानीको व्यवस्था मिलाएको छ । यस एपमा लगईन गरेर बीमितले आफ्नो बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिनेछ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.