
काठमाडौँ — २४ माघ २०७८
काठमाडौँ , सुकुम्बासीलाई ‘जमिन दिलाईदिन्छु’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने ३८ वर्षीय होम नारायण चौधरी र बुढानिलकण्ठ नगरपालिका–४ का ४४ वर्षीय उद्धव भण्डारी छन् । आइतबार काठमाडौं–१६ वसन्तपुरस्थित एक क्याफेमा ‘जग्गा वितरण गर्छौं फाराम भर्नुपर्छ’ भनी रकम असुली गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
( कान्तिपुर दैनिक )
