Fast Nepal News

बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

banner single news

तिलोत्तमा — २४ माघ २०७८

तिलोत्तमा , बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सोमबार बिहानै बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

पश्चिमदेखि पूर्व दिशातर्फ रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको उनले बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.