Fast Nepal News

काेराेना कहरका विच सरस्वती पुजा

banner single news

प्रकाश कपाली काठमाडौ । बसन्त पञ्चमी बसन्त ऋतुको आगमनसँगै आज हिन्दु धर्मालम्बीहरूले विद्याकी देवी सरस्वती पूजाअर्चना गर्दै सरस्वती पूजा मनाउँदैछन् ।

धार्मिक आस्थामा विश्वास गर्ने हिन्दू धर्मावलम्बीहरूले भगवान सरस्वतीको पूजा गर्नाले ज्ञान आर्जन हुन्छ भने धार्मिक जनविश्वास राख्दै यस पर्वलाई धुमधामकासाथ प्रत्येक वर्ष मनाईने गरिन्छ। विगतका वर्षहरुमा जसरी यस वर्षमा पनि बसन्त ऋतुलाई स्वागत गर्दै यस वर्षपनि प्रत्येक हिन्दू धर्मावलम्बीहरुले माता सरस्वतीले ज्ञान प्रदान गरून भन्ने विषयमा धार्मिक बिश्वास कायम राख्दै सरस्वती पूजा धुमधामका साथ मनाउँदै छ। विशेषगरी सरस्वती पुजाको दिनमा स्वयम्भूमा रहेको मञ्जुश्रीको मन्दिरमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। कोरोना महामारीको बाबजुद पनि आज हिन्दु धर्ममा आस्था राख्ने विद्यार्थी वर्गहरुको घुइँचो लागेको छ। धर्मप्रतिको आस्थालाई यथावत् कायम राख्दै यस विषम परिस्थितिमा स्वास्थ्य सावधानी अपनाउनु पनि अति नै आवश्यक देखिन्छ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.