Fast Nepal News

म्यानमारमा सैन्यविरोधी प्रदर्शनमा १५०० जना मारिए

banner single news

नपिद्व — १९ माघ २०७८

नपिद्व , म्यानमारमा सैन्य विरोधी प्रदर्शनको क्रममा हालसम्म कम्तीमा १ हजार ५ सय जना मारिएका छन् । गत वर्षको फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेदेखि नै निरन्तर प्रदर्शन हुँदैआएको छ । साथै सशस्त्र द्वन्द्वको क्रममा अरु हजारौंको हत्या भएको हुनसक्ने बताइएको छ । मंगलबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले जारी गरेको तथ्यांक अनुसार यहाँ सशस्त्र द्वन्द्वको क्रममा अरु हजारौं मारिएको हुनसक्ने बताइएको हो । मंगलबार सार्वजनिक भएको तथ्यांक अनुसार सैन्य कू विरोधी प्रदर्शनको क्रममा ८ हजार ७ सय ९२ जना अहिलेसम्म थुनामै रहेका छन् । तर प्रदर्शनको अवधिमा थुनिएका सबैको गणना गर्दा ११ हजार ७ सय ८७ जना छन् ।

मानवअधिकार कार्यालयका प्रवक्ता रविना शम्दासानीले जेनेभामा संयुक्त राष्ट्र संघको ब्रीफिङको क्रममा यस्तो तथ्यांक सार्वजनिक गरेकी हुन् । ‘हामीले १५०० जनाको हत्या भएको तथ्यांक राखेका छौं । तर यो संख्या प्रदर्शनको अवधिमा मात्रै हो,’ रविनाले भनिन् । यसवाहेक २ सय मानिसलाई हिरासतमा यातना दिएर मारिएको उनले बताएकी थिइन् । साथै यहाँको सशस्त्र द्वन्द्वको क्रममा १५०० बाहेक पनि अरु हजारौं मानिस मारिएको तथ्यांक रहेको उनले बताइन् । गत वर्षको फेब्रुअरी १ मा म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले शासन कब्जा गरेको थियो । त्यसयता यहाँ निरन्तर सैन्य विरोधी प्रदर्शन हुँदैआएका छन् । म्यानमारको सैन्य सरकार अन्ततर्राष्ट्रिय समुदायमा पनि आलोचित बन्दैआएको छ । 

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.