Fast Nepal News

सर्वोच्चमा माघ २८ गतेसम्म अति आवश्यक मुद्दामा मात्र सुनुवाइ निरन्तर

banner single news

काठमाडौँ — १९ माघ २०७८

काठमाडौँ , सर्वोच्च अदालतले यही माघ २८ गतेसम्म अतिआवश्यक मुद्दामा मात्र सुनुवाइलाई निरन्तरता दिने भएको छ । सर्वोच्च अदालतमा मंगलबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले उक्त निर्णय गरेको हो । अदालतले यही माघ ५ गतेदेखि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ गर्ने निर्णय गरिएको थियो ।

सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरुपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ । यस्तै, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्नेलगायत आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

 

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.