Fast Nepal News

नाकामा पातलिए संक्रमित

banner single news

पर्सा — १९ माघ २०७८

पर्सा , वीरगन्जस्थित सीमामा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण देखिनेको संख्या घटेको छ । संक्रमण उच्च बिन्दुमा पुग्दा दैनिक ३ सय देखि ५ सय जनासम्मको परीक्षणमा अधिकतम ४० जनाको हाराहारीमा संक्रमण पुष्टि हुने गरेको थियो । गत सातादेखि यो क्रम घट्दै दैनिक ३० बाट २० हुँदै १५ जनासम्म झरेको छ । ३ दिनयता यो संख्या १० मुनि पुगेको छ । डेस्ककी प्रमुख डा. अनिशा महतोका अनुसार, आइतबार बिहान पहिलो चरणमा १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा नतिजा शून्य आयो । शनिबार डेस्कमा ३ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै भारतीय रहेकाले उनीहरूलाई भारत नै फर्काइएको थियो ।

शुक्रबार ३ सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको थियो । डा. महतो कोरोनाको तेस्रो लहर करिब एकैसाथ भारत र नेपालमा सुरु भएको र दुवै मुलुकमा एकैसाथ घट्दो क्रममा रहेको बताउँछिन् । ‘हेल्थ डेस्कमा हामीले दैनिक परीक्षण संख्या अझै पनि घटाएका छैनौं,’ उनले भनिन्, ‘विगतमा दैनिक जति एन्टिजेन परीक्षण हुन्थ्यो, हालका दिनहरूमा पनि त्यति नै गरिरहेका छौं ।’ वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा दैनिक भइरहेको पीसीआर परीक्षणमा संक्रमण देखिनेको संख्या पनि घट्दै गएको छ ।                        

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.