Fast Nepal News

मनपरी गुडाइन्छन् गाडी

banner single news

रुकुम पश्चिम — १९ माघ २०७८

रुकुम पश्चिम, जिल्लामा मनपरी ढंगबाट सवारी साधन चलाइरहेको पाइएको छ । पछिल्लो पटक गरिएको अनुगमन र निगरानीका क्रममा जिल्लाभित्र तथा जिल्ला बाहिर चल्ने सवारी साधनमा कैफियत भेटिएको छ । रुट परमिट नभएका, बिमा नभएका सवारी साधन चलिरहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयले प्रहरी र ट्राफिक प्रहरीमार्फत अनुगमनलाई तीव्र बनाएको छ । दुर्घटना न्यूनीकरणका लागि भनेर प्रहरीले सतर्कता बढाएको छ । नियमित सडकमा गुडिरहेको तर कागजात नभएका सवारीमाथि पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । जिल्लाभित्रैका र जिल्लादेखि बाहिरका रुटसम्म चल्ने गाडी पनि बिनाकागजात चलिरहेको गुनासो र उजुरीपछि प्रहरी छानबिनमा लागेको हो ।

Inside Article Ads
कागजात हेर्ने, रुजु गर्ने र मापदण्डविपरीत गुडिरहेका गाडीलाई प्रहरीले रोक समेत लगाएको छ । जिल्ला प्रहरी कार्यालयमा ३ वटा हाइस ल्याएर राखिएको छ । रुकुम पश्चिमका विभिन्न ठाउँ, रुकुम पूर्व, दाङ, नेपालगन्जसम्म चल्ने तर कागजात दुरुस्त नभएका हाइस एक हप्तादेखि जिल्ला प्रहरी कार्यालयमा थन्क्याइएको छ । एउटा हाइस त प्रहरीले गुडिरहेकै बेला झुल्नेटाबाट ल्याएर जिल्ला प्रहरीमा राखेको छ । यात्रु बोकिरहेका तर कानुनी रूपमा अवैध गाडी चल्न दिइएको छैन । रुट परमिट नभएका र बिमा नगरेका ३ हाइसलाई चल्न नदिइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक गंगाराम विकले बताए । गाडी सञ्चालनको न्यूनतम मापदण्ड नपुगेको कारण ती हाइसलाई प्रहरीमा राखिएको उनले बताए ।               

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.