Fast Nepal News

टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका २ जनाको मृत्यु

banner single news

बर्दिया — १८ माघ २०७८

बर्दिया , टिपरको ठक्करबाट बढैयाताल–३ सतपतियामा घरको आँगनमा बसेर आगो तापिरहेका दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट आगो तापिरहेका दुई जनाको मृत्यु हुनाका साथै सोही ठाउँका ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु गम्भीर घाइते भएका छन् । दुवै जनाको अवस्था चिन्ताजनक भएकोले उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

चालकले अत्यधिक मदिरा सेवन गरी टिपर चलाएकाले अनियत्रित भई सडकदेखि उछिट्टिएर आँगनमा पुगेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । सुर्खेतको वीरेन्द्रनगरका चालक दुर्गा विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीय र आफन्तले चालकमाथि कडा कारबाही र क्षतिपूर्ति माग गर्दै नेपालगन्ज–गुलरिया सडकखण्ड मंगलबार बिहानदेखि भोलागौढी खण्डमा चक्काजाम गरेका छन् ।             

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.