
पाल्पा — १६ माघ २०७८
पाल्पा , कोरोना संक्रमण उकालो लागेको पाल्पामा परीक्षणको दायरा बढाउन सडकमै एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका, पाल्पा अस्पतालले प्रशासन कार्यालयअगाडि सडकमा कोरोना परीक्षण गरेको हो । कोरोना परीक्षणमा बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी, सर्वसाधारण नागरिक, निजामती सेवाका कर्मचारी, सेना, प्रहरीको सहभागिता थियो ।
सडकमा एन्टिजेन गर्दा ४५ प्रतिशत बढीमा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । परीक्षणको क्रममा कोरोना संक्रमण देखिएका तर स्वास्थ्य अवस्था सामान्य भएका नागरिकलाई तत्काल होम आइसोलेसनमा बस्न पठाइएको छ ।
( कान्तिपुर दैनिक )
