Fast Nepal News

सहिदका सपना साकार पार्न सबैलाई हौसला र आँट मिलोस् : राष्ट्रपति भण्डारी

banner single news

काठमाडौँ — १६ माघ २०७८

काठमाडौँ , सहिद दिवसको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । यस अवसरमा सहिदका सपना साकार पार्ने आँट र हौसला मिलोस् भन्दै उनले सुभेच्छासमेत प्रकट गरेकी छन् । माघ १६ गते आइतबार सहिद दिवसको अवसरमा राष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै सबै ज्ञात/अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । ‘सहिद दिवस देशका लागि प्राण आहुति गर्ने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूको सम्झना गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवसको रूपमा मनाइँदै आइएको छ,’ राष्ट्रपति भण्डारीले जारी गरेको पत्रमा उल्लेख छ । यस अवसरमा उनले नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न सबै राजनीतिक दल र आम नेपालीहरूमा मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला मिलोस् भन्दै कामना समेत गरेकी छन् ।

Inside Article Ads
विज्ञप्तिमा भनिएको छ, ‘महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्‍वास लिएको छु ।’ यस्तै राष्ट्रपति भण्डारीले यस दिवसबाट सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गरी सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षालाई साकार बनाउन प्रेरणाको पनि सुभेच्छा गरेकी छन् ।               
( कान्तिपुर दैनिक )
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.