Fast Nepal News

मर्स्याङ्दीमा महिलाभन्दा पुरुष बढी

banner single news

लमजुङ — १४ माघ २०७८

लमजुङ , जिल्लाका ७ स्थानीय तहमा महिलाभन्दा पुरुषको जनसंख्या कम देखिए पनि मर्स्याङ्दी गाउँपालिकामा भने पुरुषको जनसंख्या बढी देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ अनुसार जिल्ला, प्रदेश र केन्द्रीय तथ्यांकमा पुरुषभन्दा महिलाको संख्या बढी छ । ४ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लाका सबै पालिकामा महिलाको संख्या बढी देखिएकोमा मर्स्याङ्दीमा मात्रै पुरुषको संख्या बढी देखिएको हो । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले अन्य सवै स्थानीय तह, जिल्ला, प्रदेश तथा नेपालमै पुरुषको संख्या कम रहेकोमा मर्स्याङ्दीमा पुरुषको संख्या बढी रहेको तथ्यलाई नौलो रूपमा हेरिएको बताए ।

पछिल्लो जनगणनाअनुसार लमजुङको कुल जनसंख्या १ लाख ५३ हजार ४ सय ८० छ । यसमा ८० हजार २ सय ७१ जना महिला र ७३ हजार २ सय ९ पुरुष छन् जुन २०६८ मा भन्दा १४ हजार २ सय ४४ जना घटेको देखिएको छ । मर्स्याङ्दीमा महिला ८ हजार ४ सय २१ र पुरुष ८ हजार ८ सय ४६ जना छन् । ४ सय २५ पुरुष बढी देखिएका छन् । ४ गाउँपालिकामध्ये मर्स्याङ्दीमा सबैभन्दा बढी १७ हजार २ सय ६७ जनसंख्या रहेको छ । अध्यक्ष गुरुङले यसको अध्ययन गरिने बताए ।   तथ्यांक कार्यालय गोरखाका तथ्यांक अधिकृत महेशप्रसाद ढुंगानाले सबै तथ्यांक हेर्न बाँकी रहेको बताए । कार्यालयले गोरखा, लमजुङ र मनाङको तथ्यांक हेर्छ । उनले भने, ‘विस्तारै डाटामा खेल्दै छु । त्यसपछि केही आउाछ कि ।’

Inside Article Ads
उनले बैदेशिक रोजगारीमा गएकालाई समेत समेटेर पालिका अनुसार तथ्यांक सार्वजनिक भएको बताए । तथ्यांक कार्यालयका अनुसार १६ हजार ४ सय ९९ जना लमजुङका नागरिक वैदेशिक रोजगारीमा छन् । पुरुष १४ हजार ३ सय ५९ जना र महिला २ हजार १ सय ४० जना विदेशमा छन् । ढुंगानाका अनुसार लमजुङमा कुल परिवार संख्या ४४ हजार ८ सय ७३ छ । घर संख्या ४० हजार १ सय १ छन् । लैंगिक अनुपात ९१.२ रहेको छ । परिवारमा औसत परिवार संख्या ३.४३ छ । जनघनत्व ९१ रहेको छ । जनसंख्या वृद्धिदर माइनस ०.८५ रहेको छ ।                  

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.