Fast Nepal News

को हुन् एमालेबाट निर्वाचित शेर्पा

banner single news

ओखलढुंगा — १३ माघ २०७८

ओखलढुंगा , सोलुखुम्बु नाम्चेका ५३ वर्षीय सोनाम ग्याल्जेन शेर्पा खुम्बुक्षेत्रको लागि परिचित नाम हो । २०३५ सालमै खुम्जुङ माविमा अनेरास्ववियुमा आबद्ध भई राजनीतिमा लागेका थिए । शेर्पाको सक्रिय राजनीतिक जीवन तीन दशकभन्दा लामो छ । विद्यार्थी राजनीतिबाट नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै प्रदेश कमिटी सदस्यसम्म रहेका सोनाम २०५४ सालको स्थानीय निर्वाचनमा नाम्चे गाविसबाट निर्वाचित अध्यक्ष हुन् । सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका लगातार चार कार्यकाल अध्यक्ष भएका सोनाम खुम्बु बिजुली कम्पनीका अध्यक्ष हुन् । सगरमाथा क्षेत्रमा सफाई अभियान, खुम्बुमा सिसाको बोतल बन्द अभियानजस्ता दर्जनौं सामाजिक काममा सक्रिय सोनाम भूगोल र जनसंख्याकै कारण राजनीतिमा अघि बढ्न सकेका थिएनन् ।

कानुन संकायमा प्रमाणपत्र तहसम्म अध्ययन गरेका सोनामलाई सगरमाथा क्षेत्रका केटाकेटीदेखि वृद्धवृद्धा सबैले चिन्छन् । सगरमाथा क्षेत्रको कुनै पनि पर्यटन र विकासको काम गर्नुपरेमा सोनाम ग्याल्जेनको सहभागिता रहने गरेको छ । उनी पर्यटन व्यवसायी पनि हुन् । पर्यटनको क्षेत्रमा उनी केही विवादित पनि छन् । स्याङ्बोचे विमानस्थल बन्द भएको लगायतका केही विषयमा उनको हात रहेको आरोप थियो । बुधबार भएको राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत प्रदेश १ मा सरकारी गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै सोनाम राष्ट्रिय सभा सदस्य निर्वाचित भए । भूगोलको दृष्टिले सोनाम ग्याल्जेनले राजनीतिक रुपमा पाएको सफलतालाई खुम्बुक्षेत्रले न्याय पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।                 

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.