Fast Nepal News

बाँकेमा कोरोना संक्रमणबाट दुईको मृत्यु

banner single news

नेपालगन्ज — १३ माघ २०७८

नेपालगन्ज , बाँकेमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका ७१ वर्षीय पुरुष र कालिकोटाका १६ वर्षका बालक छन् ।   बर्दिया, मधुवन नगरपालिका ६ का ७१ वर्षीय पुरुषको मंगलबार राति साढे १० बजे मृत्यु भएको हो । उनलाई माघ १० गते पीसीआर परीक्षण कोरोना देखिएको थियो । यस्तै कालिकोट, शुभकालिका ५ का १६ वर्षीय बालकलाई माघ ४ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।

भोलिपल्ट भेरी अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार बिहान ११:१५ बजेतिर मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए । मृतक बालक गोठालो गएको बेला लडेर घाइते भई उपचार गराउन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.