Fast Nepal News

बाघ गणनाका ६ वटा क्यामेरा चोरी

banner single news

वीरगन्ज — १३ माघ २०७८

वीरगन्ज , पर्सा निकुञ्ज क्षेत्रमा बाघ गणनाका लागि जडान गरिएका ६ वटा क्यामेरा चोरी भएका छन् । पर्साको बढनिहार र मनवा इलाका वन कार्यालय क्षेत्रमा जडान गरिएका क्यामेरा चोरी भएका हुन् ।डिभिजन वन कार्यालय पर्साका प्रमुख फरमान मियाँले राष्ट्रिय बाघ गणना कार्यक्रमअन्तर्गत जडान गरिएका क्यामेराहरु चोरी भएको जनाए ।

संयुक्त गस्ती नहुँदा क्यामेरा चोरी भएको हो । ‘बाघ गणनाका लागि जडान गरिएका ६ वटा क्यामेरा चोरी भएको रिपोर्टिङ आएको छ,’ मियाँले भने, ‘क्यामेरा चोरी भएको क्षेत्र गाँजा तस्करी गर्ने रुट हो, आफ्नो तस्बिर कैद नहोस् भनेर तस्करले चोरेको हुन सक्छ । ४/५ वटा क्यामेरा चोरी हुनु सामान्य कुरा हो ।’

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.