Fast Nepal News

त्रिवेणी नाकामा हेल्थ डेस्क स्थापना

banner single news

पूर्वी नवलपरासी — १२ माघ २०७८

पूर्वी नवलपरासी, भारतसँग सिमाना जोडिएको त्रिवेणी नाकामा कोरोना संक्रमणबाट जोगाउन हेल्थ डेस्क स्थापना गरिएको छ । ३ जना स्वास्थ्यकर्मी राखेर सिमाना हुँदै नेपाल-भारत आउजाउ गर्नेको स्वास्थ्य परिक्षण सुरु गरिएको हो । त्रिवेणी स्वास्थ्य चौकीका प्रमुख रघुनाथ भटराईका अनुसार मंगलबारबाट ३ जना स्वास्थ्यका कर्मचारी राखेर २४ घण्टा सेवा दिने गरी व्यवस्था मिलाइएको छ । उनीहरूले त्यहि एन्टीजेन परीक्षणसमेत गर्न सक्ने गरी व्यवस्था मिलाइएको उनले सुनाए ।

भारतसँग जोडिएको यो खुल्ला सिमानामा हेल्थ डेस्क नहुँदा संक्रमणको जोखिम थियो अब न्यूनीकरणको काम सुरु भएको छ भट्टराईले भने केहि दिनमै थप स्वास्थ्यकर्मी खटाउने प्रबन्धका लागि नगरपालिकाले ध्यान दिने छ । त्रिवेणी नाका भारतसँग जोडिएको गण्डकी प्रदेशकै एकमात्र नाका हो । त्यहाको गण्डक पुल किनारमा त्रिपाल टाँगेर सुरक्षाकर्मीको सहयोगमा हेल्थ डेस्क स्थापना गरिएको हो । सिमानामा स्वास्थ्यकर्मी खटाउन केन्द्र र प्रदेश सरकारले दक्ष जनशक्ति व्यवस्थापन गर्नु पर्ने भए पनि चासो नदिँदा समस्या भएको विनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष डम्बर जिसीले बताए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.