Fast Nepal News

नेपालमा कियाको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक

banner single news

काठमाडौं । आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभीसँगै कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएको छ ।कोरियाली अटो दिग्गजकियाले आफ्नो किया सोरेन्टो हाइब्रिडमार्फत ७–सिट क्षमताको अवधारणालाई धेरै आकर्षक बनाउने तरिका खोज्न सफल भएको छ ।१.६ लिटरको टीजीडीआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीद्वारा सञ्चालित सोरेन्टो कुनै पनि भूभागमा पुग्न सक्ने ठूलो एसयुभी मात्र होइन, नेपालको सफा र हरियाली भविष्यका लागि हरित विकल्प पनि भएको कम्पनीको भनाइ छ ।

७ वटा एयरब्याग, लेनकिपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट र अन्य धेरै सुरक्षा सुविधाहरूसहित यसले चारैवटा ह्विललाई जमीनमा राख्न सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.