Fast Nepal News

जौबारी थुम्केरानीमा हिउँ खेल्नेको भीड

banner single news

इलाम —  १० माघ २०७८

इलाम , केही दिनदेखि जिल्लाका उच्च पहाडी क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । वर्षा, छार्कोसँगै हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर छ । तर हिउँ खेल्न चाहने आन्तरिक पर्यटकलाई भने यो वर्ष निकै उत्साहजनक छ । कम उचाइसम्म हिउँ परेकाले मोटरसाइकल वा जिप लिएर हिउँ खेल्न जान सहज भएको छ । शुक्रबार साँझ माइजोगमाईको थुम्केरानी पुग्दा बाक्लो हिउँ परिरहेको थियो । कपासझैं झरेको हिउँमा रमाउन केही किलोमिटर तलको नयाँबजारबाट २ वटा गाडीमा परिवारसहित आएका थिए ।

साँझ परेको भए पनि बाक्लो गरी हिउँ परेकाले मोबाइलको लाइट बालेर भए पनि हिउँको मज्जा लिन उनीहरू चिसोको पर्वाह नगरी खुला स्थानमा निस्किएका थिए । ‘निकै वर्ष भएको थियो यहाँसम्म यति मज्जाले हिउँ नपरेको,’ स्थानीय होमस्टे व्यवसायी सुजता खड्काले भनिन्, ‘यो वर्ष २ पटक हिउँ पर्दा इलामसहित झापा र केही भारतीय पर्यटक पनि हिउँमा रमाउन आइपुगे ।’                

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.