Fast Nepal News

आगो ताप्ने क्रममा विवाद : ट्रक चालकको कान काटेर दुई युवक फरार

banner single news

मोरङ — ०७ माघ २०७८

मोरङ , मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा भएको विवादमा झगडा हुँदा दुई युवाले एक ट्रक चालकको कान काटेर फरार भएका छन् । उर्लाबारी नगरपालिका ७ का ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको हो । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश१–००१ख ८१८९ नम्बरको ट्रक मुखियाले विराट चोकस्थित एक होटेलमा राति खाना खाएर सडकमा बालिएको आगो ताप्न गएका थिए । पहिलेदेखि नै आगो तापिरहेका स्थानीय युवाहरुसँग विवाद भएको इलाका प्रहरी बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए । विवाद क्रममा कान काटेर फरार भएका व्यक्तिको खोजी गरिरहेको उनले बताए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.