Fast Nepal News

बलात्कार आरोपमा मोरङमा युवक पक्राउ

banner single news

मोरङ — ०७ माघ २०७८

मोरङ , सुनवर्षी नगरपालिका–७ मा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बलात्कार आरोपमा स्थानीय २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ । अपाङता भएकी १७ वर्षीया किशोरीलाई उनकै घरमा गएर बलात्कार गरेको उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक अनमोल खडकाले बताए ।   

ऋषिदेवले किशोरीलाई भान्छा कोठामा लगेर बलात्कार गरिरहेको अवस्थामा किशोरीकी आमाले देखेपछि हल्ला गरेको पीडित परिवारले जनाएको छ । हल्ला भएपछि फरार भएका ऋषिदेवलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक खड्काले ऋषिदेवलाई जबरजस्ती करणी मुद्दामा बिहीबार जिल्ला अदालत मोरङबाट म्याद थप गराएर अनुसन्धान सुरु गरेको बताए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.