Fast Nepal News

रूपन्देही प्रशासनद्वारा सेवा कटौती

banner single news

भैरहवा —  ०६ माघ २०७८

भैरहवा , कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सेवा बन्द गरेको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता/नवीकरण, पेन्सन सिफारिस/ प्रमाणित, नाबालक परिचयपत्रलगायत सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको बताए ।  

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.