Fast Nepal News

हिमपात र वर्षासँगै अझै चिसो बढ्ने : सतर्कता अपनाउन मौसमविद्को आग्रह

banner single news

काठमाडौँ — ०६ माघ २०७८

काठमाडौँ , देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । हाल देशमा पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ। मधेस प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।त्यस्तै हिमाली जिल्लाहरूमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ । जुम्लामा माइनस २.५ डिग्री सेल्सियससम्म तापमान कायम भएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ माघ ०६ गते (बिहीबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। राति : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

२०७८ माघ ०७ गते (शुक्रबार)

Inside Article Ads

दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। राति : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

२०७८ माघ ०८ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। राति : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.