
काठमाडौँ — ०६ माघ २०७८
काठमाडौँ , पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वाडमा भर्ना गरिएको थियो । विश्वकर्माको बिहीबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्युको कारणबारे एकिन जानकारी आइसकेको छैन ।अछाम रामारोशन घर भइ काठमाडौंका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका उनी पछिल्लो समय टिभी टुडे टेलिभिजनमा कार्यरत थिए ।
( कान्तिपुर दैनिक )
