Fast Nepal News

शान्त मनकी प्रतिक्षा

banner single news

चट्ट परेको मुहार ! अनि बान्की परेको जिउडाल हेर्दा जो कोहि मानिस झुक्किन सक्छन् प्रतिक्षा भण्डारीलाई देख्दा । कुनै हिरोईनभन्दा कम देखिन्नन् उनी । सामाजिक संजालमा किसिम किसिमका फोटा र टिकटकमा गीत गुनगुनाएको भिडियो हेर्दा त कतै यिनी हिरोईन वा गायिका नै हुन की जस्तो पनि लाग्छ । तर यिनी स्वास्थ्यकर्मी हुन भन्ने कुरा थाहा पाएपछि सबै छक्क पर्छन् । शारिरिक वनाबट अनुसार यिनी हिरोईन वा मोडल बन्नु पर्ने हो तर यिनको यी क्षेत्रमा रुची नै नरहेको बताउँछिन् । प्रतिक्षा परिश्रमी, लगनशील र आफ्नो लक्ष्यमा समर्पित छिन् । उनलाई हिरोईन गायिका बन्नु छैन । उनी अहिले स्वस्थ्य सेवामा क्रियाशील छिन् । भर्खरै नेपाल नेत्र ज्योती संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल जस्तो गरीमामय संस्थामा नाम निकाली तिलोत्तमा शंकरनगरको शाखा प्रमुख पदको जिम्मेवारी समाल्न सफल भएकी छिन् । यसमै दत्तचित्त छिन् ।

अब उनलाई यहि संस्थाको उन्नति प्रगतिमा लाग्नु छ । ऑखा उपचारमा धेरै मानिसलाई सेवा गरेर सबैको ऑखाको नानी बन्न चाहान्छिन् । आध्यात्मिक चिन्तन र सकारातम्क सोचको विकास गरेर मानब कल्याणमा रमाउने उनको सोच छ । भर्खर २५ वर्षको उमेरमा पनि यस्तो सोच बोकेको देख्दा कतिपय मानिस छक्क पर्छन् । तर उनलाई कुनै आश्चर्य लाग्दैन । सबै स्वतन्त्र छन् यो मामलामा भन्ने उनको बिचार छ । उनी एक परिश्रमी लगनसिल र क्षमतावान स्वयसेवी हुन् । दृष्टिविहिनहरूलाई सहयोग गरेर समाजमा परिवर्तन ल्याउन चाहान्छिन् ।

सकारात्मकता भावनाबाट छुटकारा पाउन उनी योग, ध्यान र भजनमा मन लगाउँछिन् । उनी संक्रिय रूपमा आर्ट अफ लिभिंगमा स्वयंसेवक भएर काम गरिरहेकी छिन् । यसमा लाग्नुको चुरो कुरो नै आफैमा शान्ति खोज्नु र समाजमा मानिसहरूलाई एकताबद्ध गर्नु हो भन्ने उनको मान्यता छ । प्रतिक्षाको पुर्ख्यौली थलो गुल्मी हो । उनको पुर्खाहरू तम्घासमा रहन्थे । बसाई सराईको माध्यमबाट बुटवल झरेपछि उनी पनि यतै जन्मिईन । आजसम्म जिवनको अधिकांस समय बुटवलमै बिताईन् ।

त्यहिको स्थानिय न्यु होराईजन स्कुल , शंकरनगरको सिद्धार्थ स्कुल र भैरहवाको बृहस्पति स्कुलबाट आफ्नो स्कुले पढाई पुरा गरेपछि न्यु होराईजनमा कमर्श विषय लिएर उच्च शिक्षा हासिल गरिन् । प्रतिक्षाको परिवार बुटवलको एउटा शिक्षित परिवार हो । आमा मिना तथा बुबा बोमलाल भण्डारीको  छोरी प्रतिक्षाको एउटी दिदी र एक भाइ पनि छन् । राम्रो पारिवारिक माहौल र संस्कारमा हुर्किएकाले उनी सानैदेखि नम्र र अनुशासित थिइन् । आमाबुबाको मायामा हुर्किदै जानेक्रममा परीजस्तै गरेर हुर्काएकाले सानैदेखि उनलाई परी मन पनि पर्छ । त्यसैले आफ्नो टाईटल नाम नै परी राखिन ।

रविशंकरबाट प्रभावित प्रतिक्षा आफैमा एक प्रेरक व्यक्तित्व तथा कुसल वक्ता पनि हुन् । उनी आफ्नो ज्ञान बाढ्न र मानिसहरूलाई खुशी र शान्तिमय जीवन ज्युन प्रेरित गर्छिन् । उनी आफै पनि स्वतन्त्र मन र काममा रमाउन चाहान्छिन् । दयालु छ यिनको मन । पशुप्रेमी पनि हुन् । उनीसँग लुसी र लिली नाममा दुई कुकुर पनि छन् । दुवैलाई आफ्नै सन्तानजस्तै माया गर्छिन् । ’यि दुईले नै मलाई जिवन समुन्नत र सार्थक बनाउन प्रेरणा दिएका छन् । मेरो जीवनमा यिनीहरुको महत्वपुर्ण भुमिका रहेको छ ।’ प्रतिक्षालाई आमाबुबाले स्वास्थ्य क्षेत्रमा लगाउन चाहान्थे तर विविध कारणले स्वास्थ्य शिक्षा पढाउन संभव भएन । प्रारम्भमा कमर्श पढे पनि कालान्तरमा उनी नेत्र विज्ञानको सिटिइभिटिई तालिम गरेर स्वास्थ क्षेत्रमै आउन सफल भईन । आमाको अपुरो सपना पुरा गर्न पनि उनी यो क्षेत्रमा आएको बताउछिन् । उनलाई पुर्णरुपमा पारिवारिक सपोर्ट थियो । प्रेरणा थियो ।

प्रारम्भमा बुटवलको लायन्स ऑखा अस्पतालबाट आफ्नो करियर सुरु गरेकी थिईन प्रतिक्षाले । त्यहा पनि उनको कार्य दक्षता देखिएको थियो । सेवाग्राहीहरू उनको कामबाट सन्तुष्ट नै थिए । अहिले पनि कतिपय विरामीहरु उनीसंगै उपचार गर्न चाहान्छन् । चार वर्ष त्यहा‘ सेवा गरे पश्चात उनको शरिर केहि समस्या देखियो । बिरामीले साह्रै गलाएको थियो , २ वर्ष त कुनै पनि काम नै गर्न सकिनन् । अन्ततः रोगलाई जितेर फेरि काममा फर्किन उनी सफल भईन । प्रतिक्षा दृष्टि र सपना बोकेकी मानविय मनकी धनी युवती हुन् । आफ्नो लक्ष्य प्राप्त गर्न कडा मिहेनत गर्ने उनको स्वभावले नै उनलाई सफलतातिर लम्काई रहेको छ । सानो उमेरमा एकदम जिद्दी स्वभाव भएपनि आज उनी पुर्णत परिवर्तन भैसकेकी छिन् । समयले उनको सोच र बानीमा बदलाभ देखायो । अहिले सरल र सुशिल छिन् उनी । समस्यामा परेका मानिसहरूलाई सहयोग र माया गर्छिन् । गरिव निमुखा बिरामीको आफ्नै पैसाले पनि उपचार गराएकी छिन् । उनकै सहयोगमा धेरैले ऑखाको उपचार पनि पाएका छन् । यसरी सहयोग गर्न पाउँदा उनलाई आनन्द पनि लाग्छ ।

Inside Article Ads

ऑखा अस्पतालमा नेत्र साहायक भएर काम गर्नु पाउँदा उनी अत्यन्त खुशी र उत्साहित छिन् । आफ्नो काम र कर्तव्यमा कुनै सम्झौता नगर्ने उनको सोच छ । बिरामीको सेवा गर्न पाउँदा उनी निकै प्रफुल्ल पनि देखिन्छिन् । निको भइसकेपछि आफ्नो बिरामीको प्रफुल्ल चेहरा देख्दा उनी पनि दंग पर्छिन् । यो क्षेत्र छनौट गर्न उनलाई सधै आमाबुबाले नै प्रेरित गरिरहे । सहि मार्ग निर्देशन र समर्थन आमा बुबाबाट पाएपछि अरु के चाहियो र ? आमाको अपुरो सपनालाई पनि सार्थक पार्न सफल भएकी प्रतिक्षा चाहान्छिन् अब यो जीवन रहेसम्म दृष्टिविहिनहरूकै सेवामा लागिरहने ।

प्रतिक्षा मानिसको जीवनमा मनोरन्जन पनि जरुरी रहेको बताउछिन् । उनी नेत्र विज्ञानको क्षेत्रमा क्रियाशिल रहेपनि समाजिक संजालमा संगीत र अभिनयमा रमाई रहेको देख्न पाईन्छ । उनको यो क्रियाकलाप देखेर म्युजिक भिडियो र चलचित्रको अफर पनि आउछ । उनको उद्देश्य अभिनेत्री र मोडल बन्नु नरहेकाले ति अफरहरू उनी बिनम्रतापुर्वक अस्विकार गर्छिन् । किनकी उनको बाँटो फरक छ । केहि म्युजिक भिडियोमा आवाज स्वरांकन गरे पनि उनको चासो रहेन । संगीत र चलचित्रमा लाग्ने सोच नभए पनि यो क्षेत्रमा उनको रुची भने छ । संगीत सुन्न र चलचित्र हेर्न उनलाई पनि मनपर्छ मनलाग्छ । सुन्छिन् र हेर्छिन् पनि ।

उनीसँग धेरै बलियो आध्यात्मिक विश्वास र दृष्टिकोण छ । यसबाहेक, उनी कर्ममा विश्वास गर्छिन् र त्यसैले उनी सधैं राम्रो कर्म गरिरहेकी छिन् । उनलाई सेतो रंग अति मनपर्छ । त्यसैले पनि स्वास्थ्य क्षेत्रमा रमाउन उनलाई सजिलो पनि भयो । सेतो रंग उनलाई शान्त र सितल लाग्छ । सेतो रंग लगाउदा देख्दा उनको मनमा सकारात्मक सोच आउछ उनलाई । त्यसैले उनी लगाउन अनि सेतोमै रमाउन चाहान्छिन् । उनको मन पनि सफा अर्थात् सेतो छ । सकारात्मकताले भरिपूर्ण शान्तिपूर्ण जीवन बिताउन पाएकोमा उनी धेरै धन्य महसुस गर्छिन् । प्रतिक्षाको लागि, व्यक्तिको रूपले फरक पार्दैन, उनीहरूको आत्मा कत्तिको शुद्ध छ, तिनीहरूको कर्म कति राम्रो छ, वा तिनीहरूले कस्तो प्रकारको भावना दिन्छन् भन्ने कुरा महत्त्वपूर्ण छ ।

जीवनमा हरेक कुराका सकारात्मक पक्षहरू हेर्नुपर्छ भन्ने उनको दृढ विश्वास छ । प्रतिक्षा शान्त छिन् । अध्ययनशिल छिन् । त्यसैले त जीवनका हरेक परिक्षामा सफल बन्दै आएकी छिन् । सेवा उनको धर्म हो । तन मन र धनले गरिरहेकी छिन् । कर्तव्यपरायण छिन् । आफ्नो कर्म गरिरहेकी छिन् । जीवनमा आउने हर क्षणको सामना गर्ने हिम्मत र सोच पनि उनमा प्रचुर छ । सकारात्मक सोच र विचारले उनलाई क्रमशः सफलतातिर लगिरहेको छ । उनको जीवनमार्गले अझै राम्रो सफलता पाओस् । हाम्रो शुभकामना ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.