Fast Nepal News

खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ : सरकारका प्रवक्ता

banner single news

काठमाडौँ —  २९  पुस २०७८

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि उनले बताएका छन् ।

‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’ बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले यस्तो जानकारी दिएका छन् । यसका साथै कार्कीले कोरोना रोकथामका लागि नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

Inside Article Ads

विज्ञहरूका अनुसार कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिरहेको छ । त्यसले तेस्रो लहरको रूप लिइसकेको पनि उनीहरुले बताएका छन् । सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसंख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ । जसमा वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.