Fast Nepal News

धादिङको रुबी भ्यालीमा पहिरो, एक्स्काभेटर चालकसहित ३ जना पुरिए

banner single news

काठमाडौँ — २९  पुस २०७८

काठमाडौँ , धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो जाँदा एक्स्काभेटरसहित ३ जना पुरिएका छन् । बिहान रुबी भ्याली गाउँपालिका वडा नम्बर १-पुरूमा बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर एक्स्काभेटर चालक, सहयोगी र १ जना स्थानीय बेपत्ता रहेको गाउँपालिकाकी उपाध्यक्ष विना लामाले जानकारी दिइन् ।

घटनास्थलमा पुग्न समय लाग्ने भएकाले विस्तृत जानकारी नआइसकेको उनले बताइन् । अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीय टोली गइरहेको पनि उपाध्यक्ष लामाले जानकारी दिइन् ।         

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.