Fast Nepal News

पनौतीको १२ वर्षे मकर मेला स्थगित

banner single news

काभ्रे — २८  पुस २०७८

काभ्रे , प्रत्येक १२ वर्षमा पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला स्थगित गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले २५ जनाभन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भने छुट दिएको छ । माघ १ देखि लाग्ने मेलामा देश, विदेशबाट १ लाखभन्दा बढी भक्तजन दर्शनका लागि आउने अनुमान थियो । भारतबाट जोगी तथा बाबाहरू मेला भर्न आइसकेका छन् ।

तर कोरोना संक्रमणको जोखिम भन्दै मेलाका रूपमा सञ्चालन नगर्ने निर्णय गरिएको समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिन (माघ १) देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकाले यसलाई मकर मेला भनिएको हो । पद्मावती, लीलावती र रद्रावतीको संगम त्रिवेणीघाटमा स्नान गरे सम्पूर्ण पाप मोक्ष हुने जनविश्वास छ ।              

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.