Fast Nepal News

४० करोडको सुन्तला उत्पादन

banner single news

धनकुटा — २८  पुस २०७८

धनकुटा , खोकुपछि धनकुटाको मौनाबुधुक गाउँ पनि सुन्तला उत्पादनमा अब्बल बन्दै आएको छ । शताब्दी वर्ष पुराना बगैंचा रहेको खोकुको भन्दा मौनाबुधुकमा व्यावसायिक रूपमा बगैंचा विस्तार भएसँगै मनग्य उत्पादन हुन थालेको छ । चौबिसे गाउँपालिकास्थित मौनाबुधुकका कृषक सुरेन्द्र चेम्जोङ् एक्लैले यस वर्ष २० लाखभन्दा बढीको सुन्तला बेचे । ३० रोपनी क्षेत्रफलमा रहेको सुन्तला बगानबाट उनले सोचे भन्दा मनग्य आम्दानी गरेको बताए । सोही गाउँका ललित लिम्बूले पनि १५ लाख आम्दानी हात पारे । राम चेम्जोङ एक्लैले ७० लाखको खरिद बिक्रि गरेको बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार धनकुटामा यस वर्ष करिब ४० करोडभन्दा बढी मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । यो गत वर्षको भन्दा बढी हो । कृषि ज्ञान केन्द्र स्रोतका अनुसार अघिल्लो वर्ष ५ हेक्टर क्षेत्रफलमा ३ हजार २ सय ४० मेट्र्रिकटन उत्पादन भएकोमा यस वर्ष ६४ मेट्र्रिकटन बढी उत्पादन भएको छ । ज्ञान केन्द्रको सर्वेक्षणमा कृषकले पाउने खुद मूल्य मात्र समावेस गरिएको प्राविधिक अधिकृत विशाल राईले बताए । जसका आधारमा कृषकले १६ करोड ५२ लाख मात्र पाएका छन् । कृषकले भन्दा बढी रकम बिचौलियाले हात पारेका छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.