Fast Nepal News

ट्याक्टरकाे ठक्करले विद्यार्थीकाे मृत्यु

banner single news

माेरङ — २८  पुस २०७८

माेरङ , उर्लाबारि नगरपालिका- ३ मा ट्याक्टरले ठक्कर दिँदा एक विद्यार्थीकाे मृत्यु भएकाे छ । बुधबार उर्लाबारी ७ घर भई स्थानीय नेपाल दर्शन कलेजमा अध्ययनरत २१ वर्षीय निश्चल बानियाँकाे मृत्यु भएकाे हाे ।

घरबाट प्रदेश१-०१-०१३प ७१५२ नम्बरकाे माेटरसाइकलमा कलेज जाने क्रममा उर्लाबारी ३ स्थित साेल्टी खाेलाकाे पुलमा विपरीत दिशाबाट आएकाे काे २ च ८२९६ नम्बरकाे ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएकाे जिल्ला प्रहरी माेरङका डीएसपी दिपक श्रष्ठले बताए । इलाका प्रहरी उर्लाबारीले ट्याक्टर र चालक मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षीय माेहन तामाङ्लाई नियन्त्रणमा लिई घटनाकाे अनुसन्धान गरिरहेकाे श्रेष्ठले बताए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.