
नवलपरासी पूर्व — २८ पुस २०७८
नवलपरासी पूर्व, नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका छन । एमाले पूर्वी नवलपरासीको ८औं जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका श्रेष्ठले सर्वसम्मत रूपमा आफूलाई अध्यक्ष नबनाइएपछि असन्तुष्टि जनाउँदै एमाले छोडेको घोषणा गरेका हुन । उनले फेसबुकमा स्टाटस लेखेर सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुढृद गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्ने अभियानमा अविछिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु ।’
( कान्तिपुर दैनिक )
