Fast Nepal News

म्याग्दीका विद्यालय तत्काल बन्द नहुने

banner single news

म्याग्दी — २८  पुस २०७८

म्याग्दी , जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) ले जिल्लामा कोरोना संक्रमितको संख्या न्यून रहेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले बुधबारदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

Inside Article Ads
मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले पहिलो चरणमा कोरोना संक्रमणबाट जोगिन सावधानीसम्बन्धी प्रचारप्रसार गर्ने, होटल, रेस्टुरेन्ट, कार्यालयलगायत सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गर्ने, मेला, महोत्सव, भेला, सम्मेलनमा रोक लगाउने र खोप लगाउन छुटेका १२ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको प्रजिअ चिरञ्जीवी रानाले बताए ।            

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.