Fast Nepal News

पोखरामा जलपक्षी गणना सुरु

banner single news

पोखरा — २८  पुस २०७८

पोखरा , पोखरा उपत्यकामा बर्सेनि हुँदै आएको जलपक्षी गणना मंगलबारदेखि सुरु भएको छ । यहाँ सन् १९८७ देखि हरेक वर्ष जलपक्षी गणना हुँदै आएको र सन् २००४ बाट अभिलेख नै राखिँदै आएको छ । पोखराका तालहरूबाट सुरु गणना बुधबारसम्म चल्नेछ । पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी, बेगनास र रूपा तालमा गणना भएको छ ।

Inside Article Ads
बुधबार फेवातालमा गणना हुने नेचुरलिस्ट झलक चौधरीले बताए । टाइगर माउन्टेन पोखरा लज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पक्षी संरक्षण संघ, पर्यटन गाइडलगायत संरक्षणकर्मीको गणनामा सहभागिता रहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । उनका अनुसार हालसम्म पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख रहे पनि वर्षैभरि गरिने अध्ययनमा भने १ सय २ प्रजाति भेटिएका छन् ।              

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.