Fast Nepal News

प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय उच्च अदालतद्वारा सदर

banner single news

मोरङ — २७ पुस २०७८

मोरङ , प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रिपरिषद्ले खारेज गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान उच्च अदालत विराटनगरले सदर गरिदिएको छ । अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले प्रतिष्ठान खारेजीविरुद्धको रिटमाथि सुनुवाई गरेको अदालतका सूचना अधिकारी ओम सुवेदीले बताए । प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने प्रदेश १ मन्त्रिपरिषद्को सक्कल निर्णय झिकाउन उच्च अदालत विराटनगरले आइतबार आदेश दिएको थियो । अदालतले मंगलबारको पेसीमा मन्त्रिपरिषद्को सक्कल निर्णय झिकाउने आदेश दिएको थियो । प्रतिष्ठान खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिट खारेज सँगै कार्यकारी निर्देशक शर्माको पद पनि खारेज भएको छ । तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले गठन गरेको प्रतिष्ठान मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषद्को मंसिर ९ को बैठकले खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को २०७७ पुस ६ को निर्णयले शर्मालाई चार वर्षका लागि प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यस्तै, मुख्यमन्त्री राई नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णयमा पनि उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिइसकेको हो । बोर्डको अन्तिम सुनुवाइ हुन बाँकी छ ।            

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.