Fast Nepal News

१८३ किलो गाँजासहित युवक पक्राउ

banner single news

हेटौंडा — २७ पुस २०७८

हेटौंडा , तरकारीको क्रेटमा लुकाइछिपाइ ल्याएको अवस्थामा १८३ किलो लागूऔषध गाँजासहित युवक पक्राउ परेका हुन् ।  पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडातर्फ आउँदै गरेको प्रदेश-३-०१ ००२२ च ३५५६ नम्बरको पिकअप भ्यानलाई रोकी चेकजाँच गर्दा गाँजासहित भ्यान चालक मकवानपुरको थाहा नगरपालिका-२ का ३० वर्षीय रामचन्द्र सिन्तानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तरकारीको क्रेटको बिचबिचमा प्लास्टिकमा प्याक गरेको १२ वटा पोकामा एक सय १३ किलो गाँजा लुकाएर ल्याएको फेला परेको मकवानपुर प्रहरीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.