Fast Nepal News

लुम्बिनीका आर्थिक मामिला‍मन्त्रीलाई कोरोना संक्रमण

banner single news

बुटवल — २७ पुस २०७८

बुटवल , लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा भएको नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा सहभागी भएका उनलाई त्यसकै केहि दिनपछि कोभिड-१९ को लक्षण देखिन थालेको थियो । ज्वरो आउने‚ रुघा लाग्ने लगायत लक्षण देखिएपछि गराइएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री खड्काका स्वकीय सचिव झविन्द्र श्रेष्ठले जानकारी दिए ।

अहिले उनको अवस्था सामान्य रहेको श्रेष्ठले बताए । त्यस्तै मन्त्रालयका सचिव खोमराज कोइराला पनि संक्रमित भएका छन् । यस्तै मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खरीन्द्र विक (सुजीत), सचिवालयकी कर्मचारी दिया केसी र लेखा शाखाका विजय घर्तीलाई पनि कोरोना संक्रमण देखिएको छ । लक्षणसहितको कोरोना संक्रमण भए पनि उनीहरू सबैको अवस्था सामान्य रहेको विकले बताए ।             

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.