Fast Nepal News

एमाले ताप्लेजुङको अध्यक्षमा थेबे

banner single news

ताप्लेजुङ — २७ पुस २०७८

ताप्लेजुङ , नेकपा एमालेको अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन् । बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे निर्वाचित भएका हुन् । थेबेले ३ सय २९ र साम्सोहाङले २ सय ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत देवराज मेन्याङवोले जाकारी दिए । थेबे र साम्सोहाङ प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उपाध्यक्षमा थेबे समूहका सन्तोष खतिवडा निर्वाचित भएका छन् । उनले ३ सय ३१ मत प्राप्त गरे । प्रतिस्पर्धी मातृकाप्रसाद भट्टराईले २ सय ४६ मत पाए ।

सचिवमा साम्सोहाङ समूहका केशरकुमार मेन्याङ्बो २ सय ९६ मत सहित निर्वाचित हुँदा थेबे समूहका मंगलसिं केदेम १६ मतले पराजित भए । केदेमले २ सय ८० मत प्राप्त गरे । उपसचिवमा दुवै समूहका एक/एक जना निर्वाचित भए । एकाघरका सहोदर दाजु र भाइ मणिशंकर र दिपेन्द्र पोमु निर्वाचित भएका हुन् । थेबे समूहका दिपेन्द्रले ३ सय ८३ र साम्सोहाङ समूहका मणिशंकरले २ सय ७७ मत प्राप्त गरे । थेबेका लिलाचक्र गुरुङ र सन्तोष चोङवाङ पराजित भए । गुरुङले २ सय ५८ र चोङवाङले १ सय ८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । जिल्ला कमिटी सदस्यमा अधिकांश थेबे समूहका निर्वाचित भएका छन् ।     

Inside Article Ads

२३ गते उद्घाटन भएको ११ औं जिल्ला अधिवेशनमा २६ गते बिहानदेखि मतदान भएको थियो । ६ सय ७१ प्रतिनिधिमध्ये ६ सय ३८ मत खसेको निर्वाचन समिति सदस्य बलराम भट्टराई बताउँछन् । भूगोलका ६१ मध्ये दुई पदका लागि निर्वाचन भएको थियो भने १३ पदको खुला सदस्य, छ पदको महिला सदस्यतीन पदको दलित सदस्यका लागि मतदान भएको थियो । नौ स्थानीय तहमध्ये फुङलिङ नगरपालिका ३ र आठराई त्रिवेणी गाउँपालिका–२ का लागि निर्वाचन भएको हो । भूगोलतर्फका अन्य सबै सदस्य सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.