Fast Nepal News

स्वागत र बिदाइमा नआउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको अनुरोध

banner single news

काठमाडौँ — २७ पुस २०७८

काठमाडौँ , कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ । कोभिड -९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन पनि कार्यालयले अनुरोध गरेको छ । हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआउन कार्यालयले सूचना जारी गरेको छ ।

‘यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआई दिन यस कार्यालयबाट पटक पटक विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक अपिल गर्दा समेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी भएको छैन,’ कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘कोभिड १९ का विभिन्न भेरिएन्ट उत्परिवर्तन भैरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरुमा कोभिड-१९ तीव्र रुपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरिएन्टको संक्रमण समेतबाट आफू बच्न तथा अरुलाई बचाउन विमानस्थलमा अनावश्यक भीडभाड नगरिदिन हुनका साथै हवाई यात्रा गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरी गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालाहरुसँग विशेष अनुरोध गरिन्छ ।’ त्यस्तै अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास पनि उपलब्ध नगराइने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.