Fast Nepal News

पर्सामा ४५ प्रतिशतले पाए पूर्ण खोप

banner single news

पर्सा — २६ पुस २०७८

पर्सा , कोरोनाको दुवै लहरमा हटस्पट बनेको पर्सामा ४५ प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत जयमोद ठाकुरका अनुसार, जिल्लामा ४५ दशमलव २ प्रतिशतले कोरोना खोपको दुवै डोज लगाइसकेका छन् । यसबाहेक ६८ प्रतिशतले पहिलो डोज लगाएका छन् । जिल्लामा कुल खोप लगाउनुपर्ने जनसंख्या ४ लाख ४५ हजार ३ सय ६८ रहेको उनले बताए । ‘हाल पनि वयस्कहरूलाई भेरोसेल खोप दिइँदै छ,’ उनले भने, ‘यसबाहेक २६ हजार स्कुले विद्यार्थीलाई लक्षित गरी आइतबारदेखि नै जिल्लाका विद्यालयहरूमा मोडर्ना खोप दिन सुरु गरिएको छ ।’

Inside Article Ads
१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उनीहरूको स्कुलमै पुगेर खोप दिन सुरु गरिएको उनले बताए । ‘प्रदेश नम्बर २ सरकारले उपलब्ध गराएको यो खोप हामीले रौतहट स्वास्थ्य कार्यालयसँग समन्वय गरेर त्यहाँबाट ल्याएका हौं,’ ठाकुरले भने । सोमबारसम्म २६ हजार विद्यार्थीलाई खोप दिइसक्ने लक्ष्य रहेको उनले बताए । विशेष खोप अभियानअन्तर्गत वीरगन्ज महानगरपालिकाको ग्रिनसिटी, आदर्शनगर, घण्टाघर, नयाँ बसपार्क, सुक्खा बन्दरगाहलगायतका स्थानबाट खोप दिने काम जारी रहेको उनले जानकारी दिए ।                         

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.