Fast Nepal News

एमाले सिन्धुलीको अध्यक्षमा कार्की

banner single news

सिन्धुली — २६ पुस २०७८

सिन्धुली , एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की चुनिएका छन् । ४८८ मत ल्याएर कार्की अध्यक्षमा विजयी भएका हुन् । अर्का प्रतिस्पर्धी उम्मेद्वार प्रदिप कटुवालले ४०८ मत प्राप्त गरेका थिए । कटुवाल यसअघि पनि अध्यक्ष थिए । त्यस्तै, उपाध्यक्षमा कर्णबहादुर घिसिङ ४४९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी विनोद खड्काले ४०४ मत प्राप्त गरेका छन् ।

अर्का उमेद्वार जगदिश्वर तोलङ्घेले २१ मत प्राप्त गरेका छन् । सचिवमा नारायण बराल निर्विरोध चयन भएका छन् । सहसचिवमा रश्मिला देवकोटा र मञ्जु देवकोटा विजयी भएका छन् । सोमबार बिहान मतगणना सम्पन्न भएको थियो । ९०३ जना प्रतिनिधिले मतदान गरेका थिए । खुल्ला सदस्य लगायत अन्य पदको मतगणना दिउँसोबाट हुने निर्वाचन समितिले जनाएको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.