
इलाम — २६ पुस २०७८
इलाम , नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार राति आएको परिणामअनुसार बस्नेतले ६ सय ९४ मत प्राप्त गरे । बस्नेत इलाम नगरपालिकाका मेयरसमेत हुन् । उनका प्रतिद्वन्द्वी देवी क्षेत्री दुलाले ६४ मत मात्र ल्याए । उपाध्यक्षमा उदयबहादुर राई ६ सय ४ ल्याउँदै विजयी भए । प्रतिद्वन्द्वी याम अधिकारीले १ सय ३७ मत प्राप्त गरे ।
( कान्तिपुर दैनिक )
