
महोत्तरी — २६ पुस २०७८
महोत्तरी , नयाँ भवनमा सरेको बर्दिवास अस्पतालले विशेषज्ञसहितको प्रसूति सेवा सुरु गरेको छ । बिहान १० देखि ३ बजेसम्म ओपीडी सेवामात्रै दिँदै आएको अस्पतालले अहिले २४ सैं घण्टा इमर्जेन्सी सेवा, ल्याब सेवा, ९ देखि ३ बजेसम्म विशेषज्ञसहितको ओपीडी सेवा सुरु गरेको अस्पतालका मेसु विधानचन्द्र झाले बताए । शल्यक्रियाका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधिहरूको व्यवस्थापन अस्पतालले गरिरहेकाले अबको एक महिनाभित्रै अप्रेसनसहितको प्रसूति सेवा र मेजर अप्रेसन पनि सुरु गरिने मेसु झाले बताए । अहिले बर्दिवास अस्पतालमा ९ जना डाक्टर, ६ स्टाफ नर्स, सीएमए ४ र एचए ३ जना छन् ।
( कान्तिपुर दैनिक )
