Fast Nepal News

भारतमा एकै दिन थपिए १ लाख ८० हजार कोरोना संक्रमित

banner single news

नयाँ दिल्ली — २६ पुस २०७८

नयाँ दिल्ली, भारतमा पछिल्लो २४ घण्टाको अवधिमा १ लाख ७९ हजार ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेस्रो लहरमा संक्रमितको संख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस अवधिमा १ सय ४६ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमित ७ लाख २३ हजार ६ सय १९ पुगेका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी २९ हजार २५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा १२ हजार ५ सय ५५ संक्रमित थपिएका छन् भने १७ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा दिल्ली पुलिसका ३ सयभन्दा बढी प्रहरीमा संक्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ । यसैगरी नेपालसँग सिमाना जोडिएका प्रदेशहरू बिहारमा ४ हजार ५ सय ८६‚ उत्तराखण्डमा ८ सय ६४‚ उत्तरप्रदेशमा ७ हजार ४ सय २३‚ पश्चिम बंगालमा १६ हजार ५६ कोरोना संक्रमित थपिएका छन् । दोस्रो लहरका बेला गतवर्ष लहर सुरु भएको ५६ दिनपछि देशभरमा संक्रमितको संख्या १ लाख पार गरेको थियो । अहिले १० दिनमै संक्रमित संख्या एक लाख नाघिसकेको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.