
पूर्वी नवलपरासी — २५ पुस २०७८
पूर्वी नवलपरासी, गैंडाकोटस्थित नारायणी नदीमा नुहाउन जाँदा डुबेर घाइते भएकाको उपचारका क्रममा भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट–४ का ७० वर्षीय मोहनलाल श्रेष्ठ राधाकृष्ण मन्दिर नजिक नुहाउँदै गर्दा चिप्लिएर नदीमा डुबेका थिए ।
उनको उद्धार गरेर नयाँ मेडिकल कलेज चितवनमा लगिएकोमा उपचारको क्रममा शनिबार राति निधन भएको प्रहरीले जनायो । नारायणीमा नुहाउन उनी एक्लै गएका थिए । नदी किनारका मन्दिरमा स्नान गर्ने घाट सुरक्षित छैनन् । त्यहाँ छेकबार नभएका कारण नारायणीमा चिप्लिने र ज्यान जाने खतरा रहेको छ ।
( कान्तिपुर दैनिक )
Visited 4 times, 1 visit(s) today
